free website hit counter

संक्रमितको संख्या ५० हजार नाघ्दा ३५ हजार बढी घर फर्किसके

beemaadmin
२०७७ भाद्र २५, बिहीबार

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्दा ३५ हजार बढीले कोरोनालाई पराजित गरेर घर फर्किसकेका छन् । पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बिहीबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको बताएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर एक हजार ८ सय १८ जना डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७ सय जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १४ हजार ४ सय ४८ छन् भने ५ हजार ८ सय ६ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

३५ हजार ७ सयले जिते कोरोना
नेपालमा हालसम्म ३५ हजार ७ सय जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कूल संक्रमितको ७० प्रतिशत हो । पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ८ सय १८ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा निको हुनेहरुको संख्या ३५ हजार नाघेको हो । बुधबार कोरोनाबाट मुलुकभर ९ सय १८ जना निको भएका थिए । यस्तै, मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ४ सय ४८ जना सक्रिय संख्या रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

सम्बन्धित समाचार