free website hit counter

संसारभर संक्रमितको संख्या केही कम, इटालीमा मृत्युदर घट्यो

beemaadmin
२०७६ चैत्र २४, सोमबार

एजेन्सी । कालो रातपछिको उज्यालोले इटालीलाई केही आशाको दियो सल्काएको छ । पछिल्लो दुई हप्तामा पहिलो पटक इटलीमा कोभिड–१९ को संक्रमणबाट हुने मृत्युमा कमी देखिएको छ । आइतबार इटलीमा कोरोनाका कारण ५२५ जनाको मृत्यु भएको छ । १९ मार्चपछि पहिलो पटक २४ घण्टाको अन्तरालमा इटलीमा यति कम व्यक्तिको मृत्यु भएको हो । हुन त कोरोनाभाइरसको संक्रमणका कारण इटलीमा १५ हजार ८ सय ८७ को मृत्यु भइसकेको छ ।
यता स्पेनमा एकैदिन ६ सय ९४ को मृत्यु भएको छ । गत हप्ताको तुलनामा २४ घण्टाभित्र भएको मृत्युको यो सबैभन्दा कम संख्या हो । स्पेनमा अहिलेसम्म यो महामारीले १२ हजार ६ सय ४१ को मृत्यु भइसकेको छ । कोरोनाभाइरसको संक्रमणको हिसाबले यो दोस्रो स्थानमा पुगिसकेको छ । यहाँ एक लाख ३१ हजार बढी संक्रमित छन् ।
अमेरिकामा कोरोनाभाइरसको संक्रमण लगातार बढिरहेको छ । संसारभरी सबैभन्दा धेरै ३ लाख ३६ हजार बिरामी अमेरिकामा छन् । यहाँ एकैदिन ११ सय ६५ जनाको मृत्यु भएको छ । यससँगै यहाँ महामारीका कारण मृत्यु हुनेको संख्या ९ हजार ६ सय १६ पुगेको छ ।
अमेरिकामा न्यूयोर्क सिटी कोरोनाभाइरस संक्रमणको हटस्पट बनेर उदाएको छ । यो शहरमा अहिलेसम्म ४ हजार १ सय ५९ को मृत्यु भएको छ ।
फ्रान्समा कोरोनाभाइरसको संक्रमणबाट भएको मृत्युको आँकडा ८ हजार नाघिसकेको छ । पछिल्लो २४ घण्टामा यहाँ ५ सय १८ को मृत्यु भएको छ जबकि शनिबार यो आँकडा ४४१ थियो । यहाँ संक्रमितको संख्या ९२ हजार भन्दा बढी भइसकेको छ ।
यस्तै, बेलायतमा आइतबार ६२१ को मृत्यु भएको छ । ब्रिटेनमा अहिलेसम्म ४ हजार ९ सय ३४ जनाको मृत्यु भइसकेको छ जबकि संक्रमितको संख्या ४७ हजार पार गरिसकेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन केही परीक्षणका लागि अस्पताल भर्ना हुनु परेको छ जबकी बेलायती महारानी एलिजाबेथले राष्ट्रको नाममा गरेको सम्बोधनमा बेलायती स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्दै कोरोनाभाइरसको संकटबाट चाँडै नै बाहिर निस्कने आशा प्रकट गरेकी छिन् ।
कोरोनाभाइरसले संसारभरी आफ्नो जरा गाडेको छ । यद्यपि, पछिल्लो दुई दिनको तुलनामा आइतबार संक्रमितको संख्या थोरै कम भएको छ । सोमबार बिहानसम्म संसारभरी संक्रमितको संख्या १२ लाख ७२ हजार बढी पुगिसकेको छ । जबकी मृतकको संख्या ६९ हजार ४ सय २४ पुगेको छ । हालसम्म २ लाख ६२ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार