free website hit counter

सगरमाथा इन्स्योरेन्सले उठायो ५६ करोड बीमा शुल्क

beemaadmin
२०७६ फाल्गुन १, बिहीबार

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सगरमाथा इन्स्योरेन्सले १० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.४ प्रतिशत अर्थात एक करोड ९० लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ४८ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो।

कम्पनीले यस अवधिमा खुद बीमाशुल्क पनि ४ करोड ८३ लाख रुपैयाँले बढाएर ५६ करोड ८३ लाख रुपैयाँ पुर्याएको छ। गत आर्थिक वर्षको यहि अवधिसम्ममा कम्पनीले ५१ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीले पुनर्बीमा कमिशनबाट १६ करोड ४० लाख, लगानी कर्जा तथा अन्य आयबाट ४ करोड २१ लख र अन्य प्रत्यक्ष स्रोतबाट १२ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ।

हाल एक अर्ब १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २८ करोड १५ लाख रुपैयाँ, बीमा कोषमा ६२ करोड १३ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा १० करोड ४६ लाख रुपैयाँ सञ्चित छ। इन्स्योरेन्सले यस अवधिसम्ममा ८७ हजार ५८३ नयाँ बीमालेख जारी गरी एक अर्ब २३ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीको २० हजार ५४७ वटा बीमालेख नवीकरण भएका छन्। कम्पनीले ३ हजार ४८८ वटा दाबी बापत ५७ करोड ७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ४६० दाबी बापत ८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार