free website hit counter

सञ्चय कोषलाई मर्यादित बनाउन अर्थमन्त्रीको निर्देशन

beemaadmin
२०७८ भाद्र २२, मंगलवार

काठमाण्डौ। अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा सोमबार सञ्चय कोषका नवनियुक्त अध्यक्ष कृष्णहरि पुष्कर कर्णलाई पद तथा गोपनियताको सपथ खुवाएपछि अर्थमन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन्। हडतालजन्य कामहरु हुने वातावरण नहोस्, कोष मर्यादित रुपमा सञ्चालनमा आओस्, शर्माले भने। सञ्चय कोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष कर्णलाई अर्थमन्त्री शर्माले पद तथा गोपनियताको सपथ खुवाएका थिए। गत शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई सञ्चय कोष सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको थियो। कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ।
यसअघि राजस्व सचिव रामशरण पुडासैनी समितिको अध्यक्ष थिए। उनी सेवा निवृत्त भएपछि गत साउन २४ गतेदेखि कोष सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेको थियो।

सम्बन्धित समाचार