free website hit counter

सन नेपाल लाइफको कुल बीमाशुल्क ५ अर्ब नाघ्यो

beemaadmin
२०८२ श्रावण ४, आईतवार

काठमाडौं । जीवन बीमा बजारमा आफूलाई स्थापित गर्न सफल बीमक सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१÷८२ मा ५ अर्ब रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बीमा बाहेक परम्परागत जीवन बीमामा नै प्रथम बीमाशुल्कमा ६१.०६ प्रतिशतको वृद्धि गरेको हो। पछिल्लो वर्षमा ७२.११ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेकोमा यस वर्ष कम्पनीले ११६.१४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै वैदेशिक रोजगारमा गत वर्ष ८४.१८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा यस बर्ष १०४.२३ करोड रुपैयाँ गरी २३.८१ प्रतिशतको वृद्धि भएको छ। यसका साथै नवीकरण बीमाशुल्क २३२.१२ करोड रुपैयाँबाट यस वर्ष २८०.०१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी नवीकरण बीमाशुल्कमा २०.६७ प्रतिशतको वृद्धि गरेको छ। समग्रमा गत वर्ष जम्मा ३८८.४० करोड रुपैयाँ बीमाशुल्क प्राप्त गरेकोमा यस वर्ष कम्पनीले उल्लेखनीय २८.८५ प्रतिशतको वृद्धिसहित ५०० करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको हो।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार