free website hit counter

सन नेपाल लाइफद्वारा बाढीपीडितका लागि ६० लाख रुपैयाँ सहयोग

beemaadmin
२०८३ भाद्र १७, बुधबार

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सन नेपाल लाइफ इन्स्योरेन्सले ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

Advertisement
Advertisement

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

Advertisement
Advertisement

कार्यक्रममा कम्पनीका सञ्चालक शशांक अग्रवाल तथा कम्पनी सचिव विनोद शर्मा पौडेलको समेत उपस्थिति रहेको थियो।

कम्पनीले भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ।

सो अवसरमा बाढी तथा विपद्मा परी ज्यान गुमाउनेहरूप्रति कम्पनीले गहिरो समवेदना व्यक्त गर्दै मृतकका आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।

राष्ट्रिय विपद्को यस कठिन घडीमा पीडित परिवारलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनाको कार्यमा थप सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको कम्पनीले जनाएको छ।

सन नेपाल लाइफले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरेको यस सहयोगले विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा केही हदसम्म भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार