काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न ४ छुट्टाछुट्टै स्थानमा अभिकर्ता तालिम र मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले म्याग्दी, बागलुङ, बुर्तिबाङ र पोखरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले उद्घाटन गरेका थिए।
कार्यक्रममा महाप्रबन्धक गौतमले कम्पनीको स्थापनाकालदेखि नै सचेतना कार्यक्रम, बीमा अभिकर्ता तालिम र बीमा जागरणसम्बन्धी विभिन्न कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए।
देशैभर शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ।