free website hit counter

सनराइजले सिर्जना फाइनान्स प्राप्ति गर्यो

beemaadmin
२०७६ माघ १०, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिगत रुपमै मर्जरको निर्णय गरेपछि ठूला मर्जरको शुरुआत भइसकेको छ । ठूला बैंकहरुले साना वित्तीय संस्थाहरुलाई गाभ्ने
र प्राप्ति प्रक्रिया पनि जारी नै रहेको छ । सनराइज बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर सम्पन्न भएको छ । बुधबार भएको सो सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विशेषज्ञलाई तत्कालीनयुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल हुनेछ ।
छलफलपश्चात सिफारिश गरेको प्रतिशेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारण सभाबाट स्वीकृति भए बमोजिम सिर्जना फाइनान्स लिमिटेडका विद्यमान शेयरधनीहरुलाई निजहरुले धारण गरेको शेयर वापत स्वीकृत अनुपात अनुसार सनराइज बैंकको शेयर दिईने छ ।
गत पौष मसान्तको प्रकाशित वित्तीय विवरण अनुसार सनराइज बैंक लिमिटेडको कूल निक्षेप करिब रु. ८५ अर्ब, कर्जा लगानी करिब रु. ७८ अर्ब रहेकोमा सोही अवधिमा सिर्जना फाइनान्स लिमिटेडको निक्षेप तथा कर्जा क्रमशःकरिब ७अर्ब ३१ करोड र करिब ६ अर्ब ३१ करोड रहेको समावेश गर्दा बैंकको निक्षेप करिब ९२ अर्ब ३१ करोड र कर्जा ८४ अर्ब ३१ करोड पुग्नेछ भने प्राप्ति पश्चात बैंकको पँहुच तथा व्यवसाय क्षमतामा विस्तार हुने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार