free website hit counter

सबै सूचांकमा प्रिमियर इन्स्योरेन्सको छलाङ, नाफा ३६ प्रतिशतले वृद्धि

beemaadmin
२०७७ मंसिर ६, शनिबार

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कमपनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ३६.६३ प्रतिशत अर्थात २ करोड ११ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको यही अवधिमा इन्स्योरेन्सले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ३ करोड ६२ लाख रुपैयाँले बढेर २४ करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले २१ करोड १३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशनबापत ५ करोड ६७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य स्रोतबाट २ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इस्योरेन्सको जगेडा कोषमा ३६ करोड ३ लाख रुपैयाँ, बीमा कोषमा ७१ करोड १९ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ६ करोड ६० लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिसम्ममा इन्स्योरेन्सले ४१ हजार ४४५ वटा बीमालेख जारी गरि ४५ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीका ८ हजार ६५३ बीमालेखहरु नविकरण भएका छन् । यस अवधिमा कम्पनीले १ हजार ४८९ वटा दाबी वापत ४७ करोड ३३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४ हजार ५६४ वटा दाबीबापत २ अर्ब ६३ करोड १९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सम्बन्धित समाचार