free website hit counter

सबैभन्दा बढी कर तिर्ने बैंकमा नबिल बैंक आठौं पटक सम्मानित

beemaadmin
२०८१ मंसिर १, शनिबार

काठमाडौं । नबिल बैंक यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । मूल्य अभिवृद्धि कर लागू भएको दिन १ मंसिर स्मरण गर्दै २०६९ सालदेखि नेपाल सरकारले राष्ट्रिय कर दिवस मनाउँदै आएको । कर दिवसको अवसरमा सरकारले बैंक तथा वित्तीय संस्थातर्फ धेरै कर बुझाउने करदाताहरूका रूपमा नबिल बैंकलाई सम्मान गरेको हो । बैंकले आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा प्रमाणपत्रसहित सम्मान पाएको हो । शनिबार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई पुरस्कृत गरेका हुन् । नबिल बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान लिएका छन् । बैंकले योसहित आठौं पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मान भएको हो । यसअघि आर्थिक वर्ष २०६७–६८, २०७०–७१, २०७१–७२, २०७३–७४, २०७५–७६, २०७६–७७ र २०७७–७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो ।

सम्बन्धित समाचार

बढ्यो शिखर इन्स्योरेन्सको नाफा

beemaadmin
२०८१ कार्तिक ३०, शुक्रबार

हिमालयन रि इन्स्योरेन्सको नाफा बढ्यो

beemaadmin
२०८१ कार्तिक ३०, शुक्रबार

समता घरेलु लघुवित्तको एफपीओ भयो बाँडफाँट

beemaadmin
२०८१ कार्तिक ३०, शुक्रबार