काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले हकप्रद निष्काशनको अनुमति मागेको छ । फाइनान्सले साउन १५ गते हकप्रद निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । फाइनान्सले हाल कायम चुक्ता पूँजीको २ः१ को अनुपात हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेको छ ।
त्यस अनुसार फाइनान्सले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । फाइनान्सको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ ।