free website hit counter

सरकार अझ कडा, क्वारेन्टाइनमा नबस्नेलाई कैद

beemaadmin
२०७६ चैत्र १६, आईतवार

काठमाडौ । कोरोना नियन्त्रणका लागि सरकार  थप कडा र सशक्त बनेको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न कडा नीति अख्तियार गरेको हो । त्यसका लागि सरकारले शंकास्पद व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने भएको छ ।

अहिले कतिपय मानिसहरु क्वारेन्टाइनमा बस्न नमानेको भन्दै सरकारले क्वारेन्टाइन संक्रमण रोग ऐन आकर्सित गरेर त्यस्ता व्यक्तिलाई कैद सजाय समेत गर्ने भएको छ । पछिल्लो समय कतिपय मानिसहरु क्वारेन्टाइनमा बस्न नमान्ने, बसेपनि भाग्ने जस्ता समस्या आएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

Advertisement
Advertisement

आइतबार सिंहदरवारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले संक्रमण रोग ऐनको दफा बमोजिम क्वारेन्टाइनमा नबस्ने, भाग्ने वा संक्रमित व्यक्ति आए सूचना नदिने भएकाले ऐन अनुसार कडाइका साथ कैद सजाय गर्ने निर्णय भएको समितिका सदस्यसचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए । ऐनमा आदेश अपहेलना गर्ने व्यक्तिलाई १०० रूपैयाँ जरिवानादेखि १ महिनासम्म कैद र अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्यापउनेलाई ६ महिना कैद, ६ सय रूपैयाँ जरिवा या दुवै हुन सक्ने व्यवस्था छ। उक्त ऐन कार्यान्वयनका लागि गृहमन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार