free website hit counter

सर्वोच्चले खोज्यो कुलमानको नियुक्तिसम्बन्धी मिसिल

beemaadmin
२०७८ भाद्र ९, बुधबार

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिसम्बन्धी मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ।
हितेन्द्रदेव शाक्यको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले ३ दिनभित्र कुलमानको नियुक्तिसम्बन्धी मिसिल झिकाउन आदेश दिएको हो। २०७७ पुस २६ गते शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा गरेको नियुक्ति र २०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा भएको कुलमानको नियुक्तिको सक्कल निर्णय मगाउन सर्वोच्चले आदेश दिएको छ।

यसैगरी शाक्यलाई जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञमा गरिएको नियुक्ति र विद्युत प्राधिकरण सञ्चालक समितिले शाक्यसँग गरेको कार्यसम्पादन सम्झौता पनि सर्वोच्च झिकाउन आदेश दिएको छ।
सरकारले शाक्यलाई उर्जा आयोगमा लैजाने गरी घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गरेको थियो। सरकारको उक्त निर्णयविरुद्ध शाक्यले गत भदौ १ गते सर्वोच्च अदालतमा रिट दिएका थिए।

सम्बन्धित समाचार