free website hit counter

सर्वोत्तम सिमेन्टको आइपिओ भर्न १८ हजार ४५ रुपैयाँ आवश्यक

beemaadmin
२०८० पुष ६, शुक्रबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टको आइपिओ स्वीकृत गरेको छ। बोर्डले योग्य संस्थागत लगानीकर्तालाई शेयर बाँडफाँट गरेपछिको निष्कासनको लागि स्वीकृति दिएको हो। कम्पनीलाई एक अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको ३६ लाख कित्ता शेयर निष्कासनको लागि अनुमति दिइएको हो। कम्पनीले प्रति कित्ता तीन सय ६० रुपैयाँ ९० पैसाका दरले शेयर निष्कासन अनुमति पाएको बोर्डले जनाएको छ। यसअघि त्यसैमा योग्य संस्थागत लगानीकर्तालाई कम्पनीले ५०१ रुपैया दरमा शेयर दिएको थियो। जसमा १० प्रतिशत घटाएर स्थानीय प्रभावित सँगै सर्वसाधारणलाई शेयर निष्कास गरिने छ। सुरुवाती समयमा बुक बिल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ताले बोलकबोल मार्फत शेयर पाउने भएपनि त्यस पछिको प्रक्रिया भने नियमित शेयर निष्कासन झैँ नै हुने छ। कम्पनीले सबैभन्दा पहिले स्थानीयलाई शेयर निष्कासन गर्ने छ। स्थानीयसँगै वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले शेयर निष्कासन गर्ने छ। त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने छ। अरू कम्पनीको प्राथमिक शेयरमा १० कित्ता मात्रै आवेदन दिन सकिने भएपनि यसमा भने ५० कित्ता भन्दा कम आवेदन दिन पाइने छैन। जसले गर्दा ५० कित्ता शेयरमा आवेदन दिन १८ हजार ४५ रुपैयाँ जोहो गर्नु पर्ने छ।

सम्बन्धित समाचार