काठमाडौं । आइएमई लाइफका सहायक महाप्रबन्धक आशिष सिंहलाई पितृशोक परेको छ । आइएमई लाइफका सहायक महाप्रबन्धक सिंहका बुबा राज बहादुर सिंहको निधन भएको हो ।
सिंह लामो समयदेखि दमको रोगबाट पीडित थिए । स्व. सिंह राखेपका सातौं सदस्य–सचिव हुन् । उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्य–सचिवको जिम्मेवारीमा थिए ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व। सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेद्ना व्यक्त गरेका छन् ।