free website hit counter

साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २० अर्बले घट्यो

beemaadmin
२०८३ आश्विन ५, सोमबार

काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन घटेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ०.३ प्रतिशत अर्थात् २० अर्ब ७१ करोड रुपैयाँले घटेको हो। निक्षेप घटेसँगै बैंकिङ प्रणालीमा कुल निक्षेप ८२ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँमा झरेको छ।

Advertisement
Advertisement

गत आर्थिक वर्षको साउनमा पनि बैंकिङ प्रणालीको निक्षेप ०.८ प्रतिशत अर्थात् ५५ अर्ब ७९ करोड रुपैयाँले घटेको थियो। यद्यपि, वार्षिक विन्दुगत आधारमा भने २०८३ साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप १४.५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

Advertisement
Advertisement

बचत निक्षेपको हिस्सा बढ्यो

साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको हिस्सा क्रमशः ७.३ प्रतिशत, ४७.६ प्रतिशत र ३५.६ प्रतिशत रहेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चल्ती निक्षेपको हिस्सा ५.६ प्रतिशत, बचत निक्षेपको ३७.५ प्रतिशत र मुद्दती निक्षेपको हिस्सा ४८.४ प्रतिशत थियो।

एक वर्षको अवधिमा बचत निक्षेपको हिस्सा बढेको छ भने मुद्दती निक्षेपको हिस्सा घटेको देखिन्छ। यसले बैंकिङ प्रणालीमा निक्षेपको संरचनामा परिवर्तन आएको संकेत गर्छ।

संस्थागत निक्षेपको हिस्सा पनि घट्यो

बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा पनि घटेको छ। साउन मसान्तमा संस्थागत निक्षेपको हिस्सा ३३.३ प्रतिशतमा झरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ३५.१ प्रतिशत रहेको थियो।

सम्बन्धित समाचार