free website hit counter

सानिमा जिआईसीद्वारा साढे २ अर्ब बीमा शुल्क संकलन, अन्य सूचक पनि सकारात्मक

beemaadmin
२०८२ श्रावण २९, बिहीबार

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथोे त्रैमासम्ममा २ अर्ब ५४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको हो । यस समीक्षा वर्षमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ खर्चिएको थियो । २ अर्ब १५ करोड रुपैयाँ शेयर पूजी भएको कम्पनीको समीक्षा अवधिसम्ममा रिटेन्ड अर्निङ १८ करोड ३२ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १३ करोड १० लाख रुपैयाँ रहेको छ । समीक्षा वर्षसम्म कम्पनीको महाविपत्ति कोषमा ४ करोड ६४ लाख रुपैयाँ रहेको छ । स्पेसल रिर्जभमा ७५ करोड ९८ लाख रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा १८ करोड १६ लाख रुपैयाँ रहेको थियो । अन्य इक्विटीमा १६ करोड ५१ लाख रुपैयाँ रहेको थियो । महाविपत्ति कोषमा ३ करोड ७६ लाख रुपैयाँ रहेको थियो । स्पेसल रिर्जभमा ५८ करोड ४६ लाख रहेको थियो । कम्पनीले समीक्षा वर्षमा ७८ करोड ७४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ७२ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ८.९८ प्रतिशतले बढेको हो । वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले ३५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड ८१ लाख नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा १०.१२ प्रतिशतले बढेको हो । समीक्षा वर्षमा कम्पनीको प्रति शेयर आम्दानी १६ रुपैयाँ ३० पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ३७।४३ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ १२ पैसा रहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार