free website hit counter

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

काठमाडाैं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुवै गत वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको देखिएको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले २ अर्ब ३५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब ६५ करोड रुपैयाँको तुलनामा ४२.२२ प्रतिशतले बढी हो। खुद ब्याज आम्दानीमा वृद्धि हुनु र इम्पेयरमेन्ट चार्ज घट्नु यस नाफा वृद्धिको मुख्य कारण रहेको छ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.४८ प्रतिशतले बढेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी १०.०५ प्रतिशतले वृद्धि भएको छ। साथै, खुद सञ्चालन आम्दानी २०.४१ प्रतिशतले र सञ्चालन मुनाफा ४७.५० प्रतिशतले बढेको छ। इम्पेयरमेन्ट चार्ज भने १ अर्ब ४० करोड ४३ लाख रुपैयाँबाट घटेर १ अर्ब ३६ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ।

नाफा वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७४ पैसाले बढेर २३ रुपैयाँ ७ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म बैंकको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५५ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात १५.२७ गुणा रहेको छ। वितरणयोग्य मुनाफा २ अर्ब १४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २१ रुपैयाँ २ पैसा रहेको छ।

हाल बैंकको चुक्ता पूँजी १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ, जसमा २ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर समावेश छ। जगेडा कोषमा १० अर्ब ८० करोड ४७ लाख रुपैयाँ सञ्चित छ। साथै, गत चैत मसान्तसम्म बैंकले २ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सम्बन्धित समाचार