काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको कुल २ लाख ४९ हजार ७७३ कित्ता शेयर बिक्री गर्न लागेको हो । यो शेयर विद्यमान संस्थापक शेयरधनी, जोकोही व्यक्ति, संघसंस्थाकाले खरिद गर्न पाउनेछन् । यसअघि कम्पनीले संस्थापक शेयरधनीलाई मात्रै प्राथमिकता दिँदै शेयर बिक्रीमा ल्याएको थियो । तर तोकिएको समयभित्र आवेदन नपरेपछि सबैका लागि खुलाएको हो । इच्छुक लगानीकर्ताले १५ दिन (असार १४) भित्र कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।