free website hit counter

सानिमा लाइफको नाफा १ अर्ब १६ करोड

beemaadmin
२०७९ माघ २५, बुधबार

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब १६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जन ०.८५ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत १७ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्ममा यस्तो आय ११ करोड २ लाख रुपैयाँमा सीमित थियो। यो अवधिसम्म कम्पनीको खुद दाबी भुक्तानी १२६।५९ प्रतिशतले बढेर ३१ करोड ३५ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १३ करोड ८३ लाख दाबी भुक्तानी गरेको थियो। दोस्रो त्रैमाससम्म कम्पनीले ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २३.६३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ९ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च १३ करोड ९४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अधिवसम्म कम्पनीको व्यवस्थापन खर्च १३ करोड २६ लाख रुपैयाँ थियो। कम्पनीको जीवन बीमा कोषको आकार ४४.३८ बढेर ४ अर्ब ८ करोड रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा जीवन बीमा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो। गत वर्ष ३३ करोड २३ लाख रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार ८.०२ प्रतिशतले बढेर ३५ करोड ९० लाख रुपैयाँमा उचाइमा पुगेको छ। कम्पनीको कुल कायम बीमालेखको संख्या ९० हजार ४७५ रहेको छ। गत वर्ष यही अवधिसम्म यो संख्या ४५ हजार १०५ रहेको थियो। कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी  बढेर ११.६३ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ९।३९ रुपैयाँ रुपैयाँ थियो। प्रतिसेयर नेटवर्थ ११८.३७ रुपैयाँ रहेको कम्पनीको पीई अनुपात ३७.७८ गुणा रहेको छ।

सम्बन्धित समाचार

गुणाकरलाई रोक्न सर्वोच्चमा रिट

beemaadmin
२०८२ बैशाख ६, शनिबार

सुनको मूल्य किन यति धेरै आकाशियो ?

beemaadmin
२०८२ बैशाख ६, शनिबार