काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका बीमितको निधनपछि कम्पनीले आश्रित परिवारलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीको टिकापुर शाखाले मोटर साइकल दुर्घटनामा परी मृत्यु भएका स्वर्गीय बीमित सर्पलाल बूढाकी श्रीमती उमालाई २० लाख ७५ हजार रकम मृत्यु दावी वापत भुक्तानी गरेको छ । बीमितकै घर लम्की चुहा नगरपालिका तिलकपुरमा गई उक्त रकम हस्तान्तरण गरेको छ। निज मृतक बुढाले २ वर्ष पहिले १० लाख रुपैयाँको जीवन बीमा गराएका थिए। लम्की चुहा नगरपालिकाको मेयर महादेव बजगाईले सो चेक हस्तान्तरण गर्दै जीवन बीमा, स्वास्थ्य बीमा अति आवश्वक भएको बताएका थिए ।
सानिमा लाइफका प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीले सानिमा लाइफले मृत्यु दावी भुक्तानी छिटो छरितो गर्ने कम्पनीको मुख्य मिसन भएको बताउँदै स्थानीय निकायले पनि बीमा सचेतना कार्यक्रमको लागि केहि रकम बिनियोजन गरेर सबै नगरबासीलाई बीमाको दायरामा ल्याउन सहयोग गर्न नगर प्रमुखलाई आग्रहा गरे । सो कार्यक्रममा सानिमा लाइफ टिकापुर शाखाका शाखा प्रबन्धक श्रद्धा जोशी, बजार अधिकृत तुलीराम चौधरी र एजेन्सी मेनेजर बिष्णा जोशी लगायत स्थानीयको उपस्थिति रहेको थियो।