काठमाडौं । देशैभर शाखा सञ्जाल विस्तार गर्दै गरेको एनआईसी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
ललितपुर जिल्ला, ललितपुर महानगरपालिका– २ स्थित सानेपा शाखाको सोही महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक समारोहका बीच उद्घाटन गरेका छन् । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।