free website hit counter

साल्ट ट्रेडिङले डाक्यो साधारण सभा

beemaadmin
२०८१ फाल्गुन १५, बिहीबार

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ५८ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत १५ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई घोषणा भएको १० प्रतिशत नगद लाभांश पारित गरिनेछ । यस्तै, ऋण सुविधा लिने स्वीकृतमाथि छलफल गरी पारित गर्ने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढी पिडितका लागि जम्मा गरेको राहत रकम अनुमोदन गरिनेछ । सभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८०–८१ का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालू आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी चैत १ गतेदेखि चैत १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।

सम्बन्धित समाचार