free website hit counter

सिटिजन लाइफ इस्न्योरेन्सको सुनौलो १०० दिन सुरु

beemaadmin
२०७९ चैत्र २५, शनिबार

काठमाडौँ । अग्रणी जीवन बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । यो कार्यक्रम शुक्रबारदेखि आगामी असार मसान्तसम्म जारी रहने कम्पनीले जनाएको छ । देश आर्थिक तरलता सङ्कटबाट गुज्रिरहेको यस चुनौतीपूर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ । बुटवल क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रम बिच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, पश्चिम क्षेत्र साथै मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृतहरु धोज बहादुर खड्का र सुनिल पोखरेलबाट यस अभियानको उद्घाटन गरिएको कम्पनीले जनाएको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ब्रान्ड एम्बेसेडर महजोडीसँग सहकार्य गर्दै यस अभियानलाई सम्पन्न गर्ने जनाएको छ ।

सम्बन्धित समाचार