काठमाडौं । बीमितको मृत्युपछि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आवश्यक कागजात पूरा भएपछि मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीको बानेश्वर शाखाद्वारा बीमितका परिवारलाई जीवन बीमा बापतको बीमा दाबी रकम हस्तान्तरण गरिएको छ । बानेश्वर शाखाका क्षेत्रीय शाखा प्रबन्धक लोकमाया अधिकारीले बीमा वापतको १५ लाख ५० हजार रुपैयाँको चेक बीमितकी छोरी सरुना खड्गीलाई हस्तान्तरण गरेकी हुन् । ललितपुर वडा नम्बर ९ बस्ने ५४ बर्षका आशाराम खड्गीले १६ वर्षका लागि बीमा गराएका थिए । उनको आठ महिनामा नै निधन भएको थियो । उनको आफ्नै छोरी सरुना खड्गीले अभिकर्ता भई आफ्नो बुवाको बीमा गराएकी थिइन् । दाबी भुक्तानी कार्यक्रममा बानेश्वर शाखाका शाखा प्रमुख भरत अधिकारी, सिनियर एजेन्सी म्यानेजरहरु किसोर पोख्रेल, रिदुम राई, दावा शेर्पा, अन्यएजेन्सी म्यानेजरहरु चन्द्रलक्ष्मी खड्गी, पेशल केसीलगायतको उपस्थिती थियो ।