free website hit counter

सिटिजन लाइफद्वारा विद्यार्थीलाई न्यानो लुगा वितरण

beemaadmin
२०८१ पुष १४, आईतवार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममा अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काभ्रेको रोशी गाउँपालिकास्थित शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विद्यार्थी तथा मंगल जनविजय माध्यामिक विद्यालयका ४०० जना विद्यार्थीहरूलाई जाडो महिनाको पोसाक ट्र्याकसुट वितरण गरेको छ। गत साउन १२ गतेको अविरल वर्षाले प्रभावित क्षेत्रका बालबालिकाहरूलाई पोसाक सहयोग गरेको हो । कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बीसी, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल, स्थानीय तहका पधादिकारीहरू, विद्यालयका शिक्षक, विद्यार्थी साथै अभिभावकहरूको उपस्थिति थियो। कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत बीसीले यस कार्यले विद्यार्थीको पढाइमा सहज हुने विश्वास व्यक्त गर्दै असहज परिस्थितिमा विद्यार्थीलाई सहयोग गरेर स साना विद्यार्थीको मुहारमा खुसी देख्दा आफूलाई पनि खुसी लागेको बताए । उनले बीमा सबैका लागि अवश्यक छ भन्ने कुरामा जोड दिँदै विद्यार्थी भोलिको देशका कर्णधार भएकाले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे । कार्यक्रममा उपस्थित समाजसेवी शंखबुद्ध लामाले आफू संस्थापक भएको विद्यालयमा सहयोग गरेकामा सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गर्दै बीमा बुढेसकालमा सहारा हुने भएकाले बीमा गर्नुपर्ने कुरामा जोड दिए । बीमाले मानिसलाई हुने आर्थिक नोक्सानीलाई न्यूनीकरण गर्न सक्ने उनले बताए । कम्पनीका एजेन्सी मेनेजर तथा कार्यक्रमका सहजकर्ता अशोकबुद्ध लामाले बीमाले भविष्यमा हुन सक्ने जोखिम कम गर्ने हुनाले जीवन बीमाका लागि सिटिजन लाइफलाई सम्झिन अनुरोध गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानबहादुर लामाले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार