काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितमो मृत्युपछि माग दाबी भएको ४८ घण्टामै दाबी भुक्तानी दिएको छ । कम्पनीको भैरहवा शाखाले मंगलबार रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका ६ निवासी आरती राईले गरेको जीवन बीमा बापतको रकम उनका श्रीमान् जितेन्द्र बहादुर क्षेत्रीलाई भुक्तानी दिएको हो ।
मृत्युदावी माग गरेको ४८ घण्टा भित्रमै १२ लाख रुपैयाँ बीमा रकम, काजक्रिया खर्च ५० हजार सहित एक वर्षको बोनस वापत ४२ हजार रुपैयाँ थप गरि एकमुष्ठ रु १२ लाख ९२ हजार भुक्तानी गरेको हो । मृतक राईले २०७७ साल चैत्र ३१ गते १२ लाखको वार्षिक अग्रिम भुक्तानी योजना १ लाख ६ सय ७१ रुपैयाँ तिरी खरिद गरेकी थिइन् ।
उनको २०७८ साल बैसाख २९ गते कोभिडको कारणले निधन भएको थियो । दाबी भुक्तानी कार्यक्रममा भैरहवा एरिया प्रबन्धक नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, भलवारी शाखा प्रमुख रवि काफ्ले, एजेन्सी मेनेजर राधिका कुँवर र मृतक राई को सः परिवारको उपस्थिति रहेको थियो ।