free website hit counter

सिटिजन्स बैंकले गर्यो १६ प्रतिशत लाभांश प्रस्ताव

beemaadmin
२०७८ आश्विन ९, शनिबार

काठमाडौं । बैंकहरुले लाभांश घोषणा गर्नेक्रम बढेको छ । सिटिजन्स बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर र ३.०८९ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले पाउनेछन् ।

सम्बन्धित समाचार