free website hit counter

सिटिजन्सले दिनेभो ८ प्रतिशत बोनस शेयर, ३ नगद

beemaadmin
२०७७ मंसिर २१, आईतवार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट आठ प्रतिशतका दरले हुन आउने रु। ७२ करोड ७१ लाख ८५ हजार तीन सय ८३ रुपैयाँ १८पैसा बराबरको बोनस शेयर वितरण गर्ने र तीन प्रतिशतका दरले हुन आउने रु।२७ करोड २६ लाख ९४ हजार पाँच सय १८ रुपैयाँ ६९ पैसा बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंकको १४औं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी डिजिटल प्लाटफर्ममार्फत साधारणसभा संचालन भएको थियो । यस अवसरमा आव २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको थियो । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, आ।व। २०७६र७७ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।

Advertisement
Advertisement

सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझावअनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्ने सक्ने विश्वास सभालाई गराए । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७६/७७ सम्ममा रु. ९२ अर्ब ५९ करोड निक्षेप संकलन गरेको छ भने रु. ८१ अर्ब २८ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र रु। एक अर्ब ११ करोड खुद मुनाफा आर्जन गरेको छ ।

Advertisement
Advertisement

बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको समेत जनाएको छ ।

सम्बन्धित समाचार