free website hit counter

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा बीमा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

beemaadmin
२०८२ बैशाख १, सोमबार

काठमाडौं । मुलुकको अग्राणी निर्जिवन बीमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बीमा प्रवर्द्धनात्मक कार्यक्रम सप्तरी जिल्लाको राजविराजमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा निर्जीवन बीमासँग सम्वन्धित विभिन्न बीमालेखका बारेमा जानकारी प्रदान गरिएको थियो । राजविराज नगरपालिकाको कावा मेयर इसरत परविनको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै बीमा अति आवश्यक रहेको र अगामी दिनमा राजबिराज नगरपालिकाले पनि बजेट मै नगरवासीका लागि बीमा कार्यक्रम राख्ने र यसका प्रभावकारीताको लागि सम्भव प्रयासहरु गर्ने बताए । उद्योगी, व्यापारी, कृषक, बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु गरि करिव ७६ जनाको उपस्थिति रहेको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल बीमा प्राधिकारण मधेश प्रदेश प्रमूख प्रिती देवले निर्जीवन बीमा र यसका आवश्यक्ता, औचित्यहरुको बारेमा प्रकाश पार्दैै यसरी बीमा सेवा प्रदायक कम्पनीहरुले स्थानीय स्तरमा अन्तर्क्रिया तथा छलफल गरी बीमाको पहुच वढाउन , जनचेतना फैलाउन गरेको राम्रो प्रयासलाई सराहना गर्दै धन्यवाद व्यक्त गरे ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार