काठमाडौं । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शम्भुनाथ गौतमको कार्यकाल आगामी साउन २५ गतेदेखि सकिन लागेको छ । यससँगै बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दरप्रसाद कडेल नियुक्त भएका छन् । साउन १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त कामु सीईओ कडेलले आगामी साउन २६ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) समेत हुन् ।