काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको असोज १ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो।
त्यस्तै, बैंकले अग्राधिकार शेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ।