काठमाडौं । नियामक निकाय बीमा समितिले चुक्ता पुँजीको वृद्धिका लागि अन्य विकल्प भन्दा मर्जरलाई नै प्राथमिकता दिएपछि बीमा कम्पनीहरु एक आपसमा गाभिनेक्रम बढेको छ । यही सिलसिलामा सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडबीच एक आपसमा गाभिनका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । शेयर स्वाप अनुपात प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको १ कित्ता शेयर बराबर सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १ कित्ता ९१ः१० हुने गरी भएको प्रारम्भिक समझदारीमा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सको तर्फबाट अध्यक्ष सुरेश लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए । सो समारोहमा दुवै कम्पनीको सञ्चालकहरू एवम् वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।