काठमाडौं । तीन दशकको बैंकिङ्ग अनुभव सुनिलकुमार पोखरेल सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त भएका छन् । जेष्ठ २७ मा बसेको संचालक समितिको ३४५ औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागी नियुक्त गरेको थियो । उनी बैंकमा २०७८ बैशाख १८ गते देखि का।मु। प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए भने विगत दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा आवद्ध थिए । नेपालका विभिन्न बैंकहरु स्ट्याण्डर्ड चाटर्ड नेपाल बैंकमा १६ वर्ष, एन।आई।सी एशीया बैंकमा साढे ५ वर्ष, नविल बैंकमा १ वर्ष र पछिल्लो २ वर्ष सिभिल बैंकमा गरी २४ वर्षको बैंकिङ्ग अनुभव रहेको छ । त्यसैगरी उनीसँग नेपाल बाहिर विभिन्न अन्तराष्ट्रिय बैंकहरु ९स्ट्याण्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाईटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडी बैंकमा १ वर्ष०मा ६ वर्ष समेत काम गरेको बैंकिङ्ग अनुभव रहेको छ । नवनियूक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलकोे डिजिटाइजेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्वि गर्दै कागज रहित बैंकको रुपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले सेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने बताए । बैंकका अध्यक्ष इच्छा राज तामाङले बैंकले चालु आ।व।मा व्यवसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढ्नेमा विश्वस्त रहेको बताए ।