free website hit counter

सीईओ पोखरेलद्वारा पदभार ग्रहण

beemaadmin
२०७८ माघ १९, बुधबार

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) राकेश पोखरेलले कार्यभार सम्हालेका छन्। नवनियुक्त सीईओ पोखरेलले गत माघ १३ गतेबाट कार्यभार सम्हालेका हुन्। पदभार ग्रहण गर्दै सीईओ पोखरेलले सही दिशामा अगाडि बढिरहेको यस कम्पनीमा मौका दिएकोमा सबैप्रति आभार प्रकट गरे। उनले भने, ‘मसँग रहेको कार्यानुभवलाई प्रचूर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरुमध्ये अग्रणी भूमिका हासिल गर्न सदैव प्रयाररत रहने प्रतिबद्धता व्यक्त गर्छु।’
पोखरेलले आफ्नो करिअर बीमा क्षेत्रबाट सुरु गरेका थिए। लगभग ८ वर्ष विभिन्न बीमा कम्पनीको व्यवस्थापन तथा कार्यकारी पदमा कार्यरत रही उनी पछिल्लो समयमा लेखापरीक्षण पेसामा आबद्ध रहेका थिए।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार