free website hit counter

सीमानामा पर्खाल बन्दै सशस्त्र, ८९ बीओपी थपिंदै

beemaadmin
२०७७ असार १५, सोमबार

काठमाडौं । दक्षिणी छिमेकी भारतले विभिन्न भागमा सीमा अतिक्रमण र सीमानामा हुने अपराध रोक्न माग गरेअनुसारको दरबन्दी नपाए पनि उपलब्ध एजछि जनशक्तिले पनि सीमामा अहोरात्र सुरक्षा दिइरहेको छ । भारतले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरी सडक उदघाटनपछि सरकारले सीमा क्षेत्रमा सुरक्षा संयन्त्र मजवुत बनाउँदै लगेको छ । सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति थप बढाउँदै लगेको छ । सिमानामा नेपालको उपस्थिति कमजोर भएका कारण भूमि मिचेने क्रम नरोकिएपछि गृह मन्त्रालयले बोर्डर आउटपोष्टको संख्या ५ सय पुर्याउने तयारी गरेकोे छ । गृह मन्त्रालय स्रोतका अनुसार ८९ वटा बीओपी थप्ने प्रक्रिया अगाडि बढिसकेको छ । सरकारले बीओपीको संख्या थप्नुका अतिरिक्त स्तरोन्नतिको काम पनि गरिरहेको छ । चालु आर्थिक वर्षभित्रै २१ वटा बीओपीको स्तरोन्नति गरिएको गृहमन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ । हाल भारत र चीनतर्फका सीमानामा ८६ वटा बीओपी रहेका छन् ।
सरकारले ११४ वटा बीओपी थप गर्ने निर्णय गरेको थियो । यो निर्णय अनुसार भारततर्फ २१ र चीन तर्फका सीमानामा ४ वटा बीओपी स्थापना भइसकेका छन् । बाँकी रहेका ८९ बीओपी स्थापना गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको गृह मन्त्रालयले जानकारी गराएको छ । यो सँगै भारत र चीनका सीमानामा २२२ वटा बीओपी रहनेछन् । गृहमन्त्री रामबहादुर थापाले ५ सय बीओपी र्पुयाउने र त्यसका लागि आवश्यक जनशक्तिको प्रस्ताव तयार पार्न सशस्त्रलाइ निर्देशन दिएका थिए । प्रदेश १ का सीमानामा ३०, प्रदेश २ मा १३ र बागमती प्रदेशमा दुई वटा बीओपी स्थापना हुने भएका छन् । यस्तै प्रदेश ५ मा ३६ वटा र सूदुरपश्चिम प्रदेशका सीमानामा १३ वटा बीओपी रहनेछन् । अहिले सशस्त्रको आधाभन्दा बढी जनशक्ति सीमानामा खटिएको छ ।

सम्बन्धित समाचार