काठमाडौं । सुनको मूल्य आज पनि उकालो लागेको छ । बुधबार सुन र चाँदी दुबैको भाउ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ। यस दिन छापावाला सुन प्रतितोला ८८ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला ८७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ। यस दिन चाँदी भने प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो।