free website hit counter

सुनको मूल्य अत्यधिक बढ्यो

beemaadmin
२०८१ श्रावण १६, बुधबार

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार र तेजावी सुन प्रतितोला एक लाख ४५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार यस दिन चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । यस दिन चाँदी एक हजार ७८० रुपैयाँमा किनबेच भईरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार