free website hit counter

सुनको मूल्य अहिलेसम्मकै उच्च

beemaadmin
२०७७ असार ७, आईतवार

काठमाडौं । हुन त अहिले कि ज्यानको चिन्ता छ कि दाल चालमको । विलासी वस्तुको चिन्ता हुने खानेलाई होला आम जनतालाई पेटकै चिन्ता छ । सुनको भाउ असार ७ गते आइतबार प्रतितोला ७ सय रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ तोकेको छ। गत शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ९४० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ९३० रूपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार