free website hit counter

सुनको मूल्य बढ्नुको यस्तो छ कारण

beemaadmin
२०८० चैत्र २४, शनिबार

काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको मूल्यले आफ्नै रेकर्डलाई दिनदिनै भत्काउँदै नयाँ उचाईका पुगेको छ । बिहीबार सुन तोलाकै १ लाख ३४ हजार रूपैयाँमा कारोबार भयो यो हालसम्मकै महंगो मूल्यमा भएको कारोबार भयो । यस साता सुनको मुल्य बढेको छ । साताको पहिलो दिन सुन प्रतितोला एक लाख ३० हजार रूपैयाँमा खरिदबिक्री भएको थियो । आइतबारको तुलनामा सोमबार पनि मुल्य बढेकोमा मंगलवार सामान्य घटेको थियो । यसैगरी, बुधबारदेखि पुनः बढेर विहीबार हालसम्मकै उच्च अर्थात प्रतितोला एक लाख ३४ हजार रूपैयाँ पुग्यो । साताको अन्तिम कारोबार भएको दिन शुक्रबार भने मुल्य सामान्य घटेर प्रतितोला एक लाख ३२ हजार ७०० रूपैयाँ झर्यो । पहिलो दिनको तुलनामा पछिल्लो दिन अर्थात शुक्रबारको मुल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढी हो । यो साता नेपाली बजारमा चाँदीको मुल्यले पनि रेकर्ड कायम गरेको छ । साताको दोस्रो दिन सोमबार प्रतितोला एक हजार ५२५ रुपैयाँ कायम रहेको थियो । यो मुल्य पाँचौं दिन बिहिबार रेकर्ड कायम गर्दै प्रतितोला एक हजार ६५० रुपैयाँमा किनबेच भयो जुन शुक्रबार सामान्य घटेर प्रतितोला एक हजार ६१५ रुपैयाँमा झरेको हो । अन्तरराष्ट्रिय बजारमा पनि यो साता सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो दिन सामान्य घटेको मुल्य त्यसपछिका दिनमा क्रमशः बढेर साताको पाँचौं दिन अर्थात् शुक्रबार भने हालसम्मकै उच्च मुल्य कायम भयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यका अनुसार अमेरिकी रिजर्ब बैंकको नीतिका कारण सुनको भाउमा वृद्धि देखिएको हो । यसका साथै अमेरिकी डलरको मुल्यमा देखिएको मजवुती पनि मूल्य वृद्धिको अर्को कारण रहेको छ । यसैमा द्धन्द तथा चीनले सुनमा बढाएको लगानी लगायतका कारणले पनि सुनको मुल्य उचाइमा पुगेको बिश्लेषकहरुले बताएका छन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार