free website hit counter

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

beemaadmin
२०८१ भाद्र ९, आईतवार

काठमाडौं । आईतबार सुनको र चाँदीको मूल्य बढेको छ । यसदिन सुनको मूल्य प्रतितोला १,००० रुपैयाँले र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा खरिद बिक्री भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार