काठमाडौं । सुनको भाउ उतारचढावकोक्रम जारी छ । लगातार दुई दिन बढेको सुनचाँदीमा गिरावट आएको छ । असोज ७ गते, बिहीबार सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि प्रतितोला ८९ हजार १५० रुपैयाँ तोकिएको छ । बुधबार भने सुन तोलामा ९०० रुपैयाँले उकालो लागेर प्रतितोला ९० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
बिहीबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार १५५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला एक हजार १६५ रुपैयाँ तोकिएको थियो ।