free website hit counter

सुनको मूल्यमा गिरावट

beemaadmin
२०८१ चैत्र १२, मंगलवार

काठमाडौं । चैत १२ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो अर्थात सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको मूल्य पछिल्ला केही दिनदेखि निरन्तर घटेको छ । यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको कारोबार गत आइतबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार