free website hit counter

सुनको मूल्यमा पहिरो जानेक्रम जारी, तोलामा नै १२ हजार ५०० रुपैयाँले

beemaadmin
२०८२ चैत्र ८, आईतवार

काठमाडौं । चैत ८ गते, आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३५५ रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनदेखि सुनको निरन्तर मूल्य घट्दो क्रममा छ । त्यस्तै, आजको बजारमा चाँदीको मूल्य पनि घटेको छ । यदिन चाँदी तोलामा ३५५ रुपैयाँले घटेको हो । आइतबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार