free website hit counter

सुनको मूल्यमा फेरि पनि कीर्तिमान

beemaadmin
२०८० चैत्र २१, बुधबार

काठमाडौं । चैत २१ गते, बुधबार पनि नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। गत सोमबार नयाँ रेकर्ड बनाएर मंगलबार घटेको सुनको मूल्यले, यस दिन सो रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा १ हजार ८०० रुपैयाँ बढी हो। यस अघि गत सोमबार (चैत १९ गते) यस्तो सुनको मूल्य १ लाख ३१ हजार ६०० पुगेर रेकर्ड बनाएको थियो। यस दिन तेजाबी सुन भने १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। स दिन चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ बढेर हालसम्मकै महँगो भएको छ। मंगलबार तोलाको १ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन बढेर १ हजार ६१० रुपैयाँ पुगेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार