काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा भारि वृद्धि भएको छ । यसदिन सुनको मूल्य प्रतितोला तीन हजार ९०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबार बजारमा छापावाला सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सो कायम मूल्यलाई ब्रेक गर्दै सुनले निरन्तर ऐतिहासिक उचाई बनाएको हो । यस दिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । मंगलबार चाँदी तोलाको २ हजार ६८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदी दुई हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्यले पनि तीन दिनदेखि निरन्तर रेकर्ड ब्रेक गरेको हो ।