free website hit counter

सुनको मूल्यले आज पनि तोड्यो रेकर्ड

beemaadmin
२०८२ आश्विन २०, सोमबार

काठमाडौं । असोज २० गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आईतबार कायम रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले एतिहासिक उचाई बनाएको हो । यसैगरी यस दिन चाँदीको मूल्यले पनि नयाँ उचाई बनाएको हो । आजको बजारमा चाँदी तोलामा ३० रुपैयाँ बढेर २ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबारको बजारमा २ हजार ९३० रुपैयामा खरिदबिक्री भएको थियो । चाँदीको पनि आईतबार कायम मूल्यलाई ब्रेक गरेर नयाँ उचाई बनाएको हो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार