free website hit counter

सुनको मूल्यले आज पनि बनायो रेकर्ड तोलाको कति पुग्यो

beemaadmin
२०८० फाल्गुन २३, बुधबार

काठमाडौं । आज फागुन २३ गते बुधबार पनि सुनको भाउ ऐतिहासिक उचाइमा पुगेको छ। बुधबार तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख २३ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनामएको थियो। बुधबार पुनः सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो। यस्तै चाँदीको भाउ भने घटेको छ। बुधबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४४० रुपैयाँ पुगेको महासँघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दो क्रममा छ। यसले गर्दा नेपालमा पनि सुनको भाउ बढेको हो। केहि समययता अमेरिकि केन्द्रिय बैंक फेडेरल रिजर्भले ब्याजदर घटाउने चर्चासँगै डलरको भाउ घटेको छ। यसले गर्दा सुनको भाउ बढ्दै गएको हो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार