काठमाडौं । बैशाख ९ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्यले अघिल्लो दिनको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ६ हजार ९०० रुपैयाँ बढेको हो। यस दिन चाँदीको मूल्य तोलामा १० रूपैयाँ बढेको संघले जनाएको छ। सोमबार तोलाको १ हजार ९६० रूपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ९७० रूपैयाँमा कारोबार भइरहेको छ।