free website hit counter

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

beemaadmin
२०८१ आश्विन ३०, बुधबार

काठमाडौं । असोज ३० गते, बुधबार, नेपाली बजारमा सुन र चाँदीको बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य हालस्ममकै उच्च हो।यसअघि असोज १८ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो । सो दिन छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, यस दिन चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी तोलाको एक हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार